विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Image

प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको निरन्तर अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको छ।सभामुख डीपी अर्यालले सदनको अवरोध हटाउने प्रयासस्वरूप बैठक आजै १५ मिनेटपछि पुनः बस्ने गरी स्थगित गरेका हुन्।

बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भई माफी माग्नुपर्ने माग राख्दै विरोध जनाएका थिए। विपक्षीको अवरोध कायमै रहेपछि संसद्को कारबाही अघि बढ्न नसकेको हो।

सदनको गतिरोध अन्त्यका लागि सभामुख अर्यालले प्रमुख राजनीतिक दलहरूसँग अनौपचारिक छलफलसमेत गरिरहेका छन्। तर विपक्षी दलहरूले आफ्ना माग पूरा नभएसम्म संसद्को अवरोध जारी राख्ने संकेत दिएका छन्।