स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आसन्न निर्वाचनका लागि बलराम खतिवडाको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान संसोधनमा निर्णायक भूमिका खेलेको खतिवडाको टीमले बुधबार एभरेष्ट होटलमा एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेको हो । खतिवडाको प्यानलबाट उपाध्यक्षमा भरत नेपाल, भरत बहादुर खत्री, कुमार खरेल, दिपक पौडेल, सिर्जना खड्का (महिला) रहेका छन्।
यस्तै, महासचिवमा प्रकाश दुलालले उम्मेदवारी दिएका छन् । सचिवहरुमा कृष्ण घिमिरे, तारा सुब्बा, विरेन्द्र मल्ल, संगिता धमला (महिला) रहेका छन् । कोषाध्यक्षमा मिथुन पौडेलले उम्मेदवारी दिँदा सदस्यहरुमा सोमनाथ कँडेल, डा. भुषण गुरागाईं, सन्तोष राज नेपाल, मिलन खड्का, जगदिश सिवाकोटी, नारायण कँडेल, सकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त, प्रदीप ओली रहेका छन् ।















