नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले पार्टी दुई टुक्रा भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेस इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टी दुई टुक्रा भएको भन्दै उनले एक मात्र विकल्प एकता रहेको बताए ।
कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगको गलत निर्णयका कारण पार्टी आज यो विभाजनको अवस्थामा आइपुगेको बताए ।
अहिलेको परिस्थितिमा सबैभन्दा ठुलो र प्राथमिक आवश्यकता पार्टी एकता नै भएको स्पष्ट पार्दै उनले कांग्रेस बलियो नभई देशको विकास सम्भव नहुने दाबी समेत गरे ।
उनले वर्तमान सभापति गगन थापालाई लक्षित गर्दै यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा एक्लै पार्टी चलाउन सम्भव नहुने जिकिर गरे ।















