चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडकण्डमा म्याजिक र स्कार्पियो एकआपसमा ठोक्किँदा आठजना घाइते भएका छन् ।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३–०१–०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा दुवै सवारीसाधनमा सवार यात्रु घाइते भएका हुन् ।
म्याजिकमा सवार घाइते हुनेमा नवलपरासीको गैँडाकोट नगरपालिका–४ बस्ने ४९ वर्षीया गौरी लामिछाने, सोही ठाउँ बस्ने २८ वर्षीया मनिसा आले, निजको २० महिनाको छोरा पिन्स आले, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीया सीता दानी, इच्छाकामना गाउँपालिका–६ बस्ने २४ वर्षीया रचना गुरुङ, सोहीका ५३ वर्षीय कान्छा दागी छन् ।
स्कर्पियोमा सवार घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–८ बस्ने ४५ वर्षीया कविता अग्रवाल र उनको श्रीमान् ५३ वर्षीय शशि भुसाल अग्रवाल छन् ।
घाइते सबैको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । । म्याजिक चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बस्ने ३९ वर्षीय अशोक परियार तथा स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–२ बस्ने ३४ वर्षीय अशोककुमार महत कैडीलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।















