बालेन भेट्न रवि सिंहदरबारमा

Image

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटघाट जारी छ।

साढे २ बजे लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका हुन्।

उनीहरूबीच रसुवा भोटेकोसी बाढीमा फसेकाहरूको उद्धार, राहतलगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए।