भोटेकोशी-त्रिशूलीको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११३ पुगेको छ।
नेपाल प्रहरीका अनुसार बुधबार बिहानसम्म बाढीमा परेका १११३ जनाको शव भेटिएको हो। भेटिएका शवहरूमा ३१ जना बालकको, ४४ जना बालिका, २२४ जना महिला, ३९५ पुरूष र लिंग पहिचान नभएका ४२३ जना छन्।
तीमध्ये ९५ वटा शवको सनाखत भई परिवारलाई हस्तान्तरण भइसकेका छन् भने ९११ जनाको पहिचान हुन सकेको छैन। बाढीमा परी हालसम्म ४ हजार ८५८ जना सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सम्पर्कविहीन हुनेमा ४ हजार २७५ जना नेपाली र ५८३ जना विदेशी नागरिक छन्।














