नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बाढीगस्त क्षेत्रमा पुगेका छन्।
बिहीबार राजदूत माओमिङ नुवाकोटको विदुर नगरपालिका-१० स्थित बाढीग्रस्त क्षेत्र पुगेका हुन्। उनले भोटेकोसी बाढीले प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।
रसुवाको ल्हेन्दे खोलाबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ।














