किसानलाई रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्छौँ : कृषिमन्त्री

Image

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न तयारी अघि बढाएकी छन् ।

आगामी सिजनका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ ।  स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

मन्त्री चौधरीले समयमै मलको व्यवस्थापन गरी किसानले खेतीको मुख्य सिजनमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएकी छन्  ।