विराटनगरले काठमाण्डूलाई दियो ८४ रनको लक्ष्य

Image

विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको काठमाडौँले कसिलो बलिङ गर्दै विराटनगरलाई १९ औँ ओभरको तेस्रो बलमा ८३ रन बनाउँदा अलआउट गरेको हो ।

विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ रन जोड्दा बसिर अहमेदले १० रन थपे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर लोकेस बम ६ रनमा आउट हुँदा आन्द्रे रसेलले ३ रन मात्र जोडे ।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौँका लागि सन्तोष यादवले तीन विकेट लिँदा सहान अराच्चिगेले दुई विकेट हात पारे । उसका लागि कप्तान करण केसी, जहानदाद खान, साहब आलम र देव साहले एकएक विकेट हात पारे ।
दुई खेल खेलेको काठमाडौँले एक हार र एक जित निकाल्दै दुई अंक जोडेको छ भने चार खेल खेलिसकेको विराटनगरले दुई जित र दुई हारको सामना गर्दै चार अंक जोडेको छ ।