गेलेफु टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल ‘ए’ टिम घोषणा

Image

 भुटानमा डिसेम्बर ४ देखि हुने गेलेफु पुरुष टी–२० अन्तर्राष्ट्रिय सिरिजको निम्ति नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टिम घोषणा गरेको छ ।

मंगलबार क्यानले प्रतियोगिताको निम्ति सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

भुटानमा डिसेम्बर ४ देखि १३ सम्म उक्त प्रतियोगिता हुँदै छ । प्रतियोगितामा नेपाल र आयोजक भुटानसँगै बहाराइन, थाइल्यान्ड र माल्दिभ्स छन् ।

भुटानले गत सेप्टेम्बरमा मात्रै नेपाल भ्रमण गरेको थियो । जसमा भुटानले गण्डकी प्रदेशसँग दुई र क्यान ११ सँग दुई–दुई गरी कूल चार खेल खेल्दा सबै खेल गुमाएको थियो ।

नेपाल ‘ए’ को टिमः  सन्तोष यादव (कप्तान), विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिस जीसी, अर्जुन घर्तिमगर, दीपक डुम्रे, रुपेश सिंह, दीपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल, इम्रान खान