काठमाडौं । नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि तीन प्यानलको प्रतिस्पर्धा हुने भएको छ । सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विमलेन्द्र निधि समूहको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
सभापतिमा देउवा समूहबाट सन्तोष यादव, कोइराला समूहबाट दिनेश प्रसैला यादव र निधि समूहबाट योगेन्द्र पजियारले उम्मेदवारी दर्ता गराएका हुन् ।२३ गते हुने चुनावका लागि बिहीबार तीनै समूहका नेताहरुले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरस्थित पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका तीनै समूहले अलग–अलग जुलुस निकालेका थिए । उम्मेदवारी दर्ता गराउन उनीहरुले गाउँ गाउँबाट नेता कार्यकर्ता जनकपुरधाम बोलाएका थिए । उम्मेदवारी दर्ताकै तामझामका लागि उनीहरुले लाखौं रुपैयाँ खर्चेका छन् ।















