नेपालले घरेलु मैदानमा एकदिसवीय र टी–२० क्रिकेट शृङ्खला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपालमै टी–२० र एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले पपुवा न्युगिनीसँग चैत ११ र १२ गते दुई वटा एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

यस्तै चैत १६ देखि २० गतेसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी–२० शृङ्खला हुने पनि क्यानले जनाएको छ । खेलहरू कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।