नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किङ्सले १८२ रनको चुनौती दिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल खडा गर्यो ।
सुरुमै ४ विकेट गुमाएपछि ब्याटिङमा आएका बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए ।
पाचौँ विकेटका लागि मार्टिन गप्टिल र बसिर अहमदले ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङस् उकासेका थिए ।
ओपनर मार्टिल गप्टील ४५ रन बनाउँदै पेभेलियन फर्के । ३५ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गप्टिल कुशल मल्लको बलमा बोल्ड आउट भए । चितवनविरुद्ध विराटनगरका गप्टील र बसिरसँगै राजेश पुलामी मात्र चम्किए। राजेश ३३ रन र बसिर ६८ रनमा नटआउट रहे। राजेशले एक चौका र तीन छक्का प्रहार गरे ।
लोकेश बम र स्कट इडवार्ड शुन्य रनमा नै आउट भए । रिजन ढकालको बलमा ४ रन बनाउँदा दिपक बोहोरा पनि बोल्ड हुन पुगे । निकोलस किर्तोन ८ रन बनाउँदा बसिर हमिदको बलमा एल्बीडब्लु धरापमा परे ।
चितवनका लागि रिजन ढकालले दुई विकेट लिए । सोहेल तनविर, बसिर हकिद र कुशल मल्लले समान एक विकेट हात पारे ।
हाजको खेल जिते चितवनको प्लेअफ सम्भावना बढ्ने छ । तर विराटनगरले जिते चितवनको पनि सम्भावना कमजोर हुनेछ ।