धादिङमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

Image

धादिङ जिल्लाको गल्छि गाउँपालिका–७, गल्छिमोडमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रो शुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् भने ४ जना सामान्य घाइते रहेको जनाइएको छ । माइक्रोमा कुल १६ जना सवार रहेका थिए । घाइतेहरूको उद्धार गरी उपचार भइरहेको छ भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।