माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नै बिचौलियाले चलाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले आफ्नो सरकार पनि षड्यन्त्रपूर्वक हटाइएको बताएका हुन् ।
उनले सम्बोधनका क्रममा भने, ‘सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्, मेरो सरकार किन हट्यो भन्ने मैले पटक-पटक भनिरहनु पर्दैन ।’ दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतामा आशा जगाउन नसकेको पनि प्रचण्डले बताए ।















