वुल्भ्सलाई पराजित गर्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

Image

केभिन डि ब्रुयनको निर्णायक गोलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई पराजित गर्दै इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ ।

शुक्रबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले वुल्भ्समाथि १–० को जित दर्ता गरेको हो ।

सिटीका लागि अन्तिम घरेलु खेल खेलेका मिडफिल्डर ब्रुयनले सिजनको अन्त्यमा सम्झौता सकिएपछि क्लब छाड्ने घोषणा गरेका थिए ।

पहिलो हाफको ३५ औँ मिनेटमा जेरेमी डोकुको लो क्रसमा गोलमा गोल गरेका थिए । जितसँगै सिटीले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा छनोट हुने दौडमा बलियो पकड बनाएको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली वुल्भ्सले दबाबमा राख्ने प्रयास गरिरहेको थियो ।

जितसँगै सिटीले ३५ खेलबाट ६४ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । ३४ खेलबाट ८२ अंक भएको च्याम्पियन लिभरपुल शीर्ष र ६७ अंक भएको आर्सनल दोस्रो स्थानमा छन् ।

३४ खेलबाट ६२ अंक भएको न्युक्यासल चौथो र समान खेलबाट ६० अंक भएको चेल्सी पाचौँ स्थानमा छ ।

३४ खेलबाट ६० अंक भएको नटिङ्घम फरेष्ट छैटौँ स्थानमा रहेको छ ।