प्रचण्डले कुलमानको कुरा निकाल्दा कान्छारामले समर्थनमा हात उठाए (भिडियो)

Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले लोकलाई नै लज्जित पार्नेगरी विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले कुलमानलाई समर्थन गरेको झोंकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गरेको बताए । ‘ठूलो बहादुरी गर्नुभयो, कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निस्किासित गर्ने ठाउँमा पुर्‍याउनुभयो,’ प्रचण्डले भने । उनले यसो भन्दै गर्दा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले हात उठाए ।

‘सरकार गठन भएपछि तपाईंहरुको ध्यान अन्यत्रै गयो, कतिसम्म भने एउटा अड्डाको प्रमुख हटाउन तपाईंहले दर्जनबढी निर्णय गर्नुभयो । महिनौँसम्म मेहनत गर्नुभयो । एउटा इगो पुरा गर्न लोकलाई नै लज्जित पार्नेगरी कुलमान घिसिङलाई हटाएरै छोड्नुभयो,’ उनले भने ।

उनले वर्तमान सरकारले बिजुलीको अर्बौँ बक्यौता नतिर्नेहरुलाई खुसी पारेको समेत आरोप लगाए । ‘बिजुलीको अर्बौँ नतिर्नेहरूलाई खुसी पार्नुभयो । तर, त्यहीँनेर अघिल्लो सरकारले भूमिहीन सुकुमबासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईंहरूलाई पलाएन । अहिले पनि निकै कञ्जुस्याइँ गरेर नीति कार्यक्रममा गरिनेछ भनेर राख्नुभयो’, उनले भने ।