ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा धर्ना दिन गएका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
ईपीएसको भाषा परीक्षा पास गरिसकेको १८ महिना बित्दा पनि कोरिया जान नपाएको भन्दै धर्नामा बसेका युवालाई प्रहरीले लाठीचार्ज गरेको हो ।
प्रहरीले धर्नामा बसेका २ युवालाई समेत नियन्त्रणमा लिएको छ ।