संसद बैठक स्थगित

संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो ।संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । स्रोतका अनुसार आजै प्रधानमन्त्रीले नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्दैछन्।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा छलफल सुरु गर्ने तयारी थियो । त्यसका लागि अर्थमन्त्रीसहित सरकारका मन्त्रीको पनि उपस्थिति हुनुपर्छ । तर मन्त्रिपरिषद नै पुनर्गठन गर्न लागिएकाले संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

सत्तारुढ माओवादी केन्द्रसँग राष्ट्रिय सभा निर्वाचन र मन्त्रिमण्डल पुनर्गठनमा सहमति जुट्न नसक्दा कांग्रेससँगको गठबन्धन टुटेको हो।