फाइनल प्रवेशका लागि बंगलादेशसँग खेल्दै नेपाल

Image

यू–१९ साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि नेपालले आज साबिक विजेता बंगलादेशसँग खेल्दैछ । 

भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार आज दिउँसो ४ बजे सुरु हुनेछ । ८ वर्षपछि प्रतियोगिताको उपाधि लक्ष्यसहित नेपाल बंगलादेशविरुद्ध मैदान उत्रन लागेको हो ।

नेपालले पहिलो पटक सन् २०१५ मा यू–१९ साफको फाइनल खेलेको थियो । उक्त संस्करणमा नेपालले उपाधि जित्दै इतिहास रचेको थियो ।  त्यसपछि सन् २०१७ मा यू–१८ साफ च्याम्पियन बनेको नेपालले पछिल्लो आठ वर्षयता उपाधिहीन छ । 

गत संस्करणमा नेपाल उपाधि नजिक पुगेको थियो । तर, फाइनलमा नेपालले बंगलादेशसँग स्तब्ध हुँदै तेस्रोपटक उमेर समूहको साफ उपाधि जित्ने अवसर गुमायो ।

यसपटक भने  सेमिफाइनलमै बंगलादेशलाई हराएर फाइनल यात्रा सुनिश्चित गर्ने मौका छ ।  गत संस्करणको फाइनल हारको बदला चुकाउने पनि नेपालको लक्ष्य छ ।

नेपालले समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकामाथि ५–० को फराकिलो जित दर्ता गरे पनि दोस्रो खेलमा आयोजक भारतसँग ४–० को लज्जास्पद हार व्यहोर्यो थियो । हारका बाबजुद नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । 

बंगलादेशले भने माल्दिभ्ससँग २–२ को बराबरी खेलेको थियो भने भुटानमाथि ३–० को प्रभावशाली जित निकालेको थियो। बंगलादेश भने समूह एको विजेता हो ।  

नेपालले आज बंगलादेशलाई पराजित गर्दै इतिहासमा चौथोपटक उमेर समूहको साफ फाइनलमा स्थान बनाउने लक्ष्यमा छ ।

नेपालले बंगलादेशलाई हरायो भने फाइनलमा उसले भारतसँग पुनः भिड्ने सम्भावना बलियो छ । दोस्रो सेमिफाइनलमा आजै राति भारतले माल्दिभ्ससँग खेल्दैछ। फाइनल खेल भने आइतबार हुनेछ । 

भारत साफ यू-१९ मा तीन पटकको च्याम्पियन हो भने नेपालले दोस्रो पटक उपाधि जितेको छ । बंगलादेश भने गत संकरणको विजेता हो ।