स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली (भिडियो)

Image

स्कटल्याण्डमा लिग २ का एकदिवसीय खेल तथा त्रिदेशीय टी-२०आई शृंखला खेलेर नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरे । नेपालले लिग २ को एकदिवसीय शृंखलामा नेदरल्याण्ड्ससँगको दुवै खेल जितेको थियो भने स्कटल्याण्डसँग एक खेलमा २ रनले पराजित हुँदा एक खेलमा विजयी भएको थियो ।

त्यस्तै टी-२०आई शृंखलामा नेपालले ४ मध्ये २ खेल जित्यो । दुवै टोलीलाई एक-एक पटक हराउँदा एक-एक पटक पराजित पनि भयो ।

नेपालले स्कटल्याण्ड जानुअघि युके भ्रमण गरेर अभ्यास पनि गरेको थियो जहाँ राम्रो प्रदर्शन गरेर लिग २ खेल्न गएको थियो ।