गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

Image

प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।

चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

प्रशान्त तामाङ भारतीय आइडल सिजन–३ का विजेता तथा नेपाली संगीत तथा चलचित्र क्षेत्रमा अत्यन्तै चर्चित व्यक्तित्व थिए।

उनले ‘गोर्खा पल्टन’ लगायतका नेपाली फिल्महरूमा अभिनय गरिसकेका थिए र दर्शकहरूमाझ आफ्नो गायन र अभिनय कौशलका लागि विशेष रूपमा चिनिन्थे।

उनको निधनले संगीत र चलचित्र क्षेत्रमा शोकको छायाँ लागेको छ। परिवार, कलाकार तथा प्रशंसकहरूले उनको योगदानलाई सम्झँदै श्रद्धाञ्जली दिइरहेका छन्।