जेनजी आन्दोलन प्रकरण : सुशीला कार्कीमाथि अनुसन्धान सिफारिस

Image

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सम्बन्धमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनको सिफारिस खण्डको बुँदा नम्बर १० मा कार्कीलाई प्रदर्शनको अभियन्ता, आह्वानकर्ता तथा समर्थकको सूचीमा राख्दै उनको भूमिकाबारे विस्तृत छानबिन गर्नुपर्ने उल्लेख गरिएको हो ।

प्रतिवेदनअनुसार कार्कीले प्रदर्शन हुनुअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपछि सामाजिक सञ्जालमार्फत व्यक्त गरेका धारणा र सक्रियताले आन्दोलनको दिशामा कस्तो प्रभाव पारेको हो भन्ने विषयमा अनुसन्धान आवश्यक देखिएको आयोगको भनाइ छ ।आयोगले राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदन तथा सार्वजनिक समाचार सामग्रीका आधारमा कार्कीको संलग्नता देखिने आधारहरू रहेको उल्लेख गर्दै उनलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हो ।

यसैगरी, आयोगले अन्य अभियन्ता तथा चर्चित व्यक्तित्वहरूले दिएका अभिव्यक्तिले सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुर्‍याएको वा भीडलाई उत्तेजित बनाएको हो वा होइन भन्ने विषयमा समेत गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।आयोगले सम्बन्धित सबै व्यक्तिको भूमिकाबारे निष्पक्ष र विस्तृत अनुसन्धान गरी तथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।