कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वर्षमामा प्रवेश गर्दैगर्दा इजरायल सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीज्यूमार्फत अन्य मन्त्रालयहरूसँग समेत सहकार्य गरी दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा सुदृढ गर्न कानूनी दस्तावेजहरू निर्माण गरी सहकार्य बिस्तार गर्ने विषयमा छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीनवटै तहका कानूनहरूको एकै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन कार्य भइरहेको जानकारी दिइन् ।
एकीकृत कानूनी सहायता, पारस्परिक कानूनी सहायता, संक्रमणकालीन न्याय र संसदीय मामिलाका विषयमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल तत्पर रहेको मन्त्री गौतमले छलफलका क्रममा उल्लेख गरिन् ।
















