केपी ओली पक्षका ८ सांसदले गरे फ्लोर क्रस, देउवालाई दिए विश्वासको मत

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई केपी शर्मा ओली पक्षका ८ सांसदले विश्वासको मत दिएका छन् । ओली पक्षका ८  सांसदले फ्लोर क्रस गर्दै देउवालाई मत दिएका हुन् ।  ओली पक्षका ८ सांसद हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन्।