रोकियो ‘महाभोज’को प्रदर्शन

Image

बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को प्रदर्शनका तत्कालका लागि स्थगित भएको छ ।

जेठ १५ गते हुने राजावादी र गणतन्त्रवादीको आन्दोलनका कारण परिस्थिति अनुकूल नभएको भन्दै फिल्म स्थगित गरेको निर्माण टिमले जनाएको छ । यो पृष्ठभूमिमा निर्माताले रिलिज रोक्ने निर्णय गरेका हुन्।

निर्माताले एक प्रेस विज्ञप्ति निकाल्दै हाललाई प्रदर्शन रोकिएको जनाएको छ । फिल्मको नयाँ प्रदर्शन मिति भने टुंगो लागेको छैन ।

निर्देशक दिनेश राउतले  छिट्टै नयाँ रिलिज मिति सार्वजनिक गर्ने बताए । सहकारी पीडितको कथामाथि बनेको फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, अञ्जना बराइलीलगायतका कलाकारको मुख्य अभिनय छ ।