ओडिआईमा दीपेन्द्रको एक हजार रन पूरा

Image

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ओडिआई क्रिकेटमा १ हजार रन पूरा गरेका छन् ।

आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध खेलमा दीपेन्द्रले १ हजार रन पूरा गरेका हुन् ।

३०.२ ओभरमा मार्क वाटको बलमा १ रन लिदै दीपेन्द्रले १ हजार रन पूरा गरेका हुन् । दीपेन्द्रले ६३ ओडिआई खेलमा १ शतक र ३ अर्धशतकको सहयोगमा १ हजार रन पूरा गरेका हुन् ।

नेपालका लागि ओडिआईमा १ हजार रन पूरा गर्ने दीपेन्द्र पाँचौ खेलाडी हुन् । यसअघि कप्तान रोहितकुमार पौडेल, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेलले १ हजार रन पूरा गरिसकेका थिए । नेपालका लागि ओडिआईमा सर्वाधिक रन प्रहार गर्नेमा कप्तान रोहित शीर्ष स्थानमा छन् ।