मलेसियामा जारी यू–१६ क्रिकेट इस्ट कपमा नेपालको विजयी सुरुवात

Image

सिंगापुरमा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले ६ विकेट र १६.३ ओभर बाँकी छँदा भेट्टायो ।

सिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४० रन बनाए । सिंगापुरका आकाश तेजाले ३ विकेट लिए । युवान पाण्डेले १ विकेट लिए ।

त्यसअघि कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो ।

विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६।१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।

सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।

प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई सुमहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार जापानसँग खेल्नेछ । आगामी आइतबार इन्डोनेसिया तथा समुह चरणको अन्तिम खेलमा भुटानविरुद्ध खेल्ने तालिका छ ।