मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपालेले लगातार दोस्रो जित दर्ता गरेको छ ।
मंगलबार बिहान भएको खेलमा नेपालले जापानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो । जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो । कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए ।
नेपालक लागि शुभम खनालले १० ओभरमा १५ रन मात्र दिएर ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १/१ विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।
यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।
नेपालले अब तेस्रो खेलमा २९ जुनमा सिंगापुरसँग खेल्नेछ ।
















