वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार दोस्रो जित

Image

अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १५.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाका लागि जोश इंगलिसले अविजित ३३ बलमा ७८ रन बनाएका थिए भने क्यामरुन ग्रीनले अविजित ५६ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ब्राण्डन किंगले सर्बाधिक ५१ रन बनाए भने आन्द्रे रसेलले ३६ रन बनाएका थिए ।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । अब सिरिजको तेस्रो खेल शनिबार हुने छ ।