४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भुजेलको मृत्युमा संलग्न रहेको आरोपमा उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अन्य तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको आरोप छ ।
मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन् । उक्त घटनामा जाहेरी परेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जनाएको छ ।
















