भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनाका लागि एनएमबि बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।
एनएमबि बैंक लिमिटेडले बाढी प्रभावितहरूको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख रुपैयाँ जम्मा गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्षले सो रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
नगद सहयोगका अतिरिक्त बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकहरूका लागि १० लाख रुपैयाँ बराबरको खाद्यान्न, औषधि र आवासका सामग्रीसहितको राहत सामग्री समेत प्रदान गरेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जनधनको ठुलो क्षति हुनुका साथै सडक र जलविद्युत् आयोजनाहरूमा समेत गम्भीर असर परेको छ । बैंकले यो सहयोगबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पीडितको घाउमा मलम लाग्ने विश्वास लिएको छ ।














