माओवादी बैठक : पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।

शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।

भदौ मसान्तभित्र पार्टी सदस्यता नविकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वटा सम्मेलन, ३० गते पालिका सम्मेन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ । यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव रहेको छ ।

प्रचण्डको प्रस्ताव अनुसार सेल कमिटीदेखि राष्ट्रिय सम्मेलनसम्मको कार्यसूची यस्तो छ :

भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।

असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।

असोज २० गते वडा सम्मेलन

असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।

कात्तिक ३० गते जिल्ला सम्मेलन

मङ्सिर १५ गते प्रदेश सम्मेलन

पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।