नेपाली बजारमा आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बिहीबार ५ सय रुपैयाँले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँको दरले बढेको छ  । बुधबार एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३९० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।