बाढीले मोटरसाइकलसहित बगाउँदा २ युवकको मृत्यु

Image

पाल्पामा बाढीले बगाउँदा दुईजना युवकको मृत्यु भएको छ।  स्थानीय कन्चन खोलामा आएको बाढीले बगाउँदा रैनादेवी छहरा-७ जोगदमार बस्ने ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय प्रविन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

भदौँ १५ गते बेलुकीदेखि बेपत्ता भएका उनीहरुको बुधबार दिउँसो कन्चन खोलामा फेला परेको हो।  उनीहरू सवार लु.२१ प ९८७६ नम्बरको मोटरसाइकल पनि क्षतविक्षत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।