पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको घोटालामा संलग्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितलाई कारवाही गर्न संसदीय छानविन उपसमितिले सिफारिस गरेको छ ।
विमानस्थल निर्माणमा चरम अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेपछि गठित सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्म नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न सबै निर्णयकर्तालाई कारवाहीको दायरामा ल्याउन सुझाव दिएको छ ।
क्यानका प्रमुख अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन उपसमितिले राय दिएको छ । २०७८ पछि डिजी बनेका उनी २०७१ देखि २०७४ सम्म पोखरा विमानस्थल आयोजना प्रमुख थिए ।
विमानस्थल बनाउँदा उनले एक अर्ब भ्रष्टाचार गरेको र त्यसमध्ये केही रकम नेपालकै घरजग्गामा लगानी गरेर बाँकी विदेश ओसारेको समाचार टिभी अन्नपूर्णले प्रकाशित गरेको थियो । शृंखलावद्ध रुपमा बदमासी बाहिर आउन थालेपछि अख्तियारको घेरामा तानिएका उनीमाथि अहिले पनि अनुसन्धान चलिरहेको छ ।
संसदीय उपसमितिको प्रतिवेदन कार्यान्वयनमा गए तत्काल उनको पद निलम्बनमा पर्नेछ र अनुसन्धानको दायरामा तानिनेछन् । उनीमाथि भैरहेको अनुसन्धानलाई थप प्रभावकारीरुपमा अघि बढाउनका लागि पनि अख्तियारलाई यसले सहयोग पुग्नेछ । बिडम्बना ९ अर्बको भष्ट्राचार गरेको अधिकारीको निलम्बन तत्काल कार्यन्वन नगर्न बिचौलियाहरु सक्रिय बनेका छन । मिनी संसद मानिने संसदीय उपसमितिको प्रतिवेदन बाहिरिएपछि महानिर्देशक नियुक्तीका बेला मोटो रकम लिएर नियुक्त गरेको आरोप लागेकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँग प्रदिप अधिकारीले भेटेको समाचारले समितिको प्रतिवेदन कार्यन्वयन हुनेमा भने शंका उब्जिएको छ ।
आयोजना प्रमुखको हैसियतमा अधिकारीले कम गुणस्तरको सामान प्रयोग गरेको र प्राविधिक हिसाबले पनि मापदण्डअनुकूल नगरेको सप्रमाण लेखेको थियो । तत्कालीन पर्यटनमन्त्री प्रेम आले र प्रमुख दलका शीर्ष नेतालाई मोटो रकम दिएर आफू क्यानको डिजी बनेको भनी उनले निकटहरुलाई दिएको बयान उद्धरण गर्दै सम्प्रेषित सामग्री पनि छ ।
आफ्नो कर्तुत ढाकछोप गर्न उनले नेपालस्थित चिनियाँ दूतावास,चिनियाँ ठेकेदार कम्पनी र सरकारी निकायलाई कतिसम्म सताएका थिए भन्ने विवरणसहितको समाचार पनि जनआस्थाले नै लेखेको हो । सबै कुरा छ्याङ्ग भैसक्दा पनि शक्ति केन्द्रको आड(भरोशा पाएर जोगिँदै आएका अधिकारीको कर्तुत अन्ततः छताछुल्ल भएको छ ।
संसदीय उपसमितिको प्रतिवेदन कार्यान्वयनमा गए तत्काल उनको पद निलम्बनमा पर्नेछ र अनुसन्धानको दायरामा तानिनेछन् । उनीमाथि भैरहेको अनुसन्धानलाई थप प्रभावकारीरुपमा अघि बढाउनका लागि पनि अख्तियारलाई यसले सहयोग पुग्नेछ ।
प्रतिवेदनमा प्राधिकरणका महानिर्देशक अधिकारीलगायत घोटालामा संलग्न बहालवाला कर्मचारीलाई तत्काल निलम्बन गरी छानविन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्विकरण विभाग र अन्य विषयमा आवश्यक प्रकृया अगाडि बढाउन सरकार र सम्बन्धित निकायलाई निर्देश गरिएको छ । प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेलमाथि अनुसन्धान हुनुपर्ने भनिएको छ
त्यस्तै,पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मी,राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इञ्जिनियर प्रविन न्यौपाने,प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल पनि घोटालामा मुछिएका छन् । प्राधिकरणका निर्देशक बाबुराम पौडेललाई पनि छानविनको दायरामा ल्याउन सुझाव दिइएको छ ।
उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापन पत्र
प्रदीप अधिकारी महानिर्देशक बनेपछि ७ वटा हवाई दुर्घटना, सासंदले सोधे – तपाईँले राजीनामा दिनुपर्दैन ?
भ्रष्ट महानिर्देशकले कमिशनको चक्करमा बनाएको हेलिपोर्टमा पाइलटहरुले उडान नगर्ने
अर्बौं भ्रष्टाचार प्रकरणमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अनुसन्धानको घेरामा
प्रदिप अधिकारीले अनियमितताका कागजात नष्ट गर्न खोजेपछि प्राधिकरणमा अख्तियारको छापा
वायुसेवा निगमका अध्यक्षसँगको प्रतिशोधले सिंगो निगम सिध्याउने योजनामा प्रदिप अधिकारी
मन्त्री र प्राधिकरणका महानिर्देशकबीच खटपट, अधिकारीले आफु निकटसँग भन्छन् मन्त्रीले पैसा माग्छन
पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब
बिचौलियाका रुपमा चिनिने महानिर्देशक अधिकारीका कारण बदनाम बन्दै नेपालको उडड्यान क्षेत्र
सुदन किराँतीलाई हटाएको भन्दै उड्डयन प्राधिकरणका महानिर्देशकको दिवाभोज
विमानस्थलमा विदेशीको रजगज चलाउने भ्रष्ट्र महानिर्देशकको कुनियत तुहिँदै
जहाज कुर्दाकुर्दै बालकको मृत्यु प्रकरणमा प्राधिकरणका महानिर्देशकलाई कारण देखाऊ आदेश
मन्त्री र प्राधिकरणका महानिर्देशकबीच खटपट, अधिकारीले आफु निकटसँग भन्छन् मन्त्रीले पैसा माग्छन
प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन
पर्यटनमन्त्री किराँतीको आशालाग्दो संकेत, महानिर्देशकलाई भने- अख्तियार पठाउँछु
पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब
प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन
बिचौलियाका रुपमा चिनिने महानिर्देशक अधिकारीका कारण बदनाम बन्दै नेपालको उडड्यान क्षेत्र
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्दा आरजुलाई बुझाएको रकम फिर्ता माग्दै प्रदीप अधिकारी
प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणमा दर्जनौँ उजुरी
जिवनराम श्रेष्ठलाई मन्त्री बन्नबाट रोक्न प्राधिकरणका महानिर्देशक अधिकारीको दौडधुप
अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल
महानिर्देशकको अवैध नियुक्ती जोगाउन सुनुवाई लम्बाउने खेलले दैनिक राज्यलाई करोडौं क्षति
महानिर्देशकको अवैध नियुक्ती जोगाउन सुनुवाई लम्बाउने खेलले दैनिक राज्यलाई करोडौं क्षति
अर्बों भष्ट्राचारमा मुछिएका व्यक्ति नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक













