अख्तियार प्रमुखलाई धम्की दिन प्रदीप अधिकारीले २ करोड दिएको पाठकको बयान

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई सहित उच्चपदस्थ व्यक्तिहरूलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी सँगबाट २ करोड रुपैयाँ लिएको स्वीकार गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ परेका पाठकलाई फिलिपिन्सबाट माघ २८ गते नेपाल ल्याइएको थियो। प्रहरी अनुसन्धानका क्रममा उनले अख्तियार प्रमुखलाई धम्क्याउन अधिकारीबाट नगद रकम लिएको बयान दिएका छन् ।

प्रहरी अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार पाठकले बयानमा प्रदीपबाट २ करोड रुपैयाँ लिएको भनेर स्वीकार गरेका छन् । प्रहरीको प्रारम्भिक निष्कर्ष अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दा र भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणसम्बन्धी अनियमितता प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेका बेला ती मुद्दाबाट जोगिन अधिकारीले अख्तियार प्रमुखविरुद्ध आपराधिक गिरोह परिचालन गरेको देखिएको छ ।

प्रहरीका अनुसार अधिकारीले उक्त रकम एक चिनियाँ ठेकेदारमार्फत हुण्डी गरेर पठाएको खुलेको छ। सोही रकमबाट आफूले फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको पाठकले बयानमा स्वीकार गरेका छन्। अनुसन्धान अधिकृतहरूले उनको भनाइ पुष्टि हुने प्रमाण संकलन गरिरहेका छन् ।पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत अख्तियार प्रमुख सहित करिब १० जना उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका थिए ।

प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र तथा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानका क्रममा सामाखुसीस्थित एक डेन्टल कलेजका सञ्चालकलाई धम्क्याएर पाँच लाख रुपैयाँ असुलेको पनि खुलेको छ । उक्त रकम ताराप्रसाद खरेल को नाममा पठाइएको भेटिएपछि प्रहरीले खरेलमाथि पनि अनुसन्धान थालेको छ । उता नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा प्रदीप अधिकारी हाल डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन्। प्रहरीले उनलाई पनि भीआईपीलाई धम्की दिएको कसुरमा प्रतिवादी बनाउने तयारी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार अधिकारीलाई कारागारबाट झिकाएर बयान लिने तयारी भइरहेको छ। “प्रदीप अधिकारीलाई पनि कारागारबाट झिकाएर बयान लिन्छौँ, उहाँविरुद्ध पनि मुद्दा दायर हुन्छ,” ती अधिकृतले बताए। प्रहरी अनुसन्धानका अनुसार २०८० सालमा देश छाडेर विदेश गएका पाठक विभिन्न देश घुम्दै फिलिपिन्स पुगेका थिए। यसअघि उनले २०७७ सालतिर भिजिट भिसामार्फत नेपालीहरूलाई विदेश पठाउने काम समेत गरेका थिए। पछिल्लो समय सामाजिक सञ्जालमार्फत धम्की दिएर पैसा असुल्ने मनोविज्ञान बनाएको पनि अनुसन्धानमा खुलेको छ।

पाठकविरुद्ध वैदेशिक रोजगार ठगीसम्बन्धी दुईवटा मुद्दा पनि अदालतमा विचाराधीन रहेको प्रहरीले जनाएको छ। उनले न्युजिल्याण्ड र रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोप छ। शिक्षाको हिसाबले बीडीएस अध्ययन गरेका पाठकले पछि त्रिभुवन विश्वविद्यालय बाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईं लाई पनि ज्यान मार्ने धम्की दिएका थिए। प्रहरीले घटनालाई संगठित आपराधिक गतिविधिको रूपमा अनुसन्धान गर्दै थप प्रमाण संकलन गरिरहेको जनाएको छ।

उटा बदनाम व्यक्तिको सनकले उठ्ने नसक्नेगरि डुब्दै उड्डान प्राधिकरणको साख, राज्यलाई अरबौको क्षति

९ अर्ब घोटालाको नाईके जोगाउन बिचौलिया सक्रिय, निलम्बन रोक्न चलखेल

अर्बों भष्ट्राचारमा मुछिएका व्यक्ति नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक

मन्त्री, प्रम सल्लाहकारलाई मुछ्दै राष्ट्रिय गौरव आयोजनामा प्रदीप अधिकारीको ‘ब्रह्मलुट’, निजगढ विमानस्थल बनाउने जिम्मा कमजोर कम्पनीलाई !

आफैँलाई बढुवा गर्न बदनाम महानिर्देशकको नियमावलीविपरीत काम

९ अर्ब घोटालाको नाईके जोगाउन बिचौलिया सक्रिय, निलम्बन रोक्न चलखेल

विमानस्थलमा विदेशीको रजगज चलाउने भ्रष्ट्र महानिर्देशकको कुनियत तुहिँदै

सुदन किराँतीलाई हटाएको भन्दै  उड्डयन प्राधिकरणका महानिर्देशकको दिवाभोज

ढले प्रदीप अधिकारीका दुई खम्बा, जसले महानिर्देंशकका लागि असुली धन्दा चलाउँथे

वायुसेवा निगमका अध्यक्षसँगको प्रतिशोधले सिंगो निगम सिध्याउने योजनामा प्रदिप अधिकारी

भ्रष्ट महानिर्देशकले कमिशनको चक्करमा बनाएको हेलिपोर्टमा पाइलटहरुले उडान नगर्ने

सांसद जबराले मागे क्यानका डीजी अधिकारीको राजीनामा, अटेर गरे निलम्बनमा राख्न सरकारलाई सुझाव

प्रदिप अधिकारीले अनियमितताका कागजात नष्ट गर्न खोजेपछि प्राधिकरणमा अख्तियारको छापा 

क्यानका महानिर्देशक अधिकारीलाई हटाउन सरकारसँग सांसदको माग

प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन

पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब

पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब

नवनियुक्त महानिर्देशक अधिकारीको धम्की -‘न्यायालयको फैसला मेरो प्रतिकुल भए भयावह हुन्छ’

जिवनराम श्रेष्ठलाई मन्त्री बन्नबाट रोक्न प्राधिकरणका महानिर्देशक अधिकारीको दौडधुप

अर्बौं भ्रष्टाचार प्रकरणमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अनुसन्धानको घेरामा

प्रदीप अधिकारी महानिर्देशक बनेपछि ७ वटा हवाई दुर्घटना, सासंदले सोधे – तपाईँले राजीनामा दिनुपर्दैन ?

अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल

प्रदिप अधिकारीलाई निलम्बन गर्न संसदीय छानबिन उपसमितिको निर्देशन

पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब

प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन