नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको छ । निर्णयसँगै यसमा जोडिएकाहरूलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाएको हो ।
उनलाई प्राधिकारणको कार्यकक्षबाट पक्राउ गरेको हो । महानिर्देशक अधिकारीमाथि अर्बौँको भ्रष्ट्रचारको आरोप छ । प्राधिकरण अन्तर्गतका आयोजनामा भएको ठेक्का प्रक्रियामा मिलेमतो गरि अनियमितता गरेको आरोपमा अधिकारीबिरुद्ध अख्तियारमा दर्जनौँ उजुरी थिए।














